दार्चुलाको शैल्यशिखरमा जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या आठ पुग्यो
काठमाडौं । दार्चुलाको शैल्यशिखरमा जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या आठ पुगेको छ ।
दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् ।
दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, ३५ वर्षीया मीना लेखक, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा र वीरेन्द्रसिंह बोहराको दुर्घटनामा ज्यान गएको छ ।
त्यस्तै भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिमको पनि ज्यान गएको छ ।
दुर्घटनामा भारतको उत्तर प्रदेश विजनौरका सुहिल साह, बैतडी डिलासैनी–५ का उत्तम रोकाया, शैल्यशिखर–५ का सन्दीप रावल सोही स्थानका प्रकाश रावल र मालिकार्जुन गाउँपालिका–८ निवासी जिप चालक सुनिल जोशी घाइते भएका छन् ।
मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म १ ज ३३८ नम्बरको जिप शुक्रबार बिहान चार बजे तिर शैल्यशिखर नगरपालिका–५ स्थित सिराडको खोलामा दुर्घटना भएको थियो ।


प्रतिकृया दिनुहोस