• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

काभ्रेको पाँचखालमा मिनिट्रक दुर्घटना, दुई जनाको ज्यान गयो 

सनराइज खबर संवाददाता

काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका–१३ कोसीदेखाको बिले डाँडामा मिनीट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । 

बा २ ख २२०२ को मिनी ट्रक ब्रेक फेल भएर दुर्घटना हुँदा चालक स्थानीय ४० वर्षीय कुमार रोक्का र २७ वर्षीय निकेश रोक्काको ज्यान गएको प्रहरीले जनाएको छ ।

बालुवा बोक्ने काम सकेर ट्रक लिएर चालक घरतर्फ फर्किँदै गर्दा सो दुर्घटना भएको हो । 

 

प्रतिकृया दिनुहोस