नेपाल प्रहरीका ३ जना डीएसपीकाे काज सरुवा
काठमाडौं । नेपाल प्रहरीका ३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा भएकाे छ ।
३ जना डीएसपीकाे काज सरुवा गरिएकाे प्रहरी प्रधान कार्यालयले बुधबार जानकारी दिएकाे छ । सरुवा सूची अनुसार प्रहरी प्रधान कार्यालय सुरिवेक्षण तथा अनुगमन महाशाखामा कार्यरत डीएसपी किशोर लम्सालकाे जिल्ला प्रहरी कार्यालय पर्सामा सरूवा भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत डीएसपी दिपक भारतीलाई प्रहरी प्रधान कार्यालय सुरिवेक्षण तथा अनुगमन महाशाखामा सरुवा गरिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत डीएसपी लक्ष्मी खनाललाई नेपाल प्रहरी प्रधानका कार्यालय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा सरूवा गरिएको छ ।
हेर्नुस् सूची:



प्रतिकृया दिनुहोस