चितवनमा भएको सडक दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या पाँच पुग्यो
काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको सत्र किलोमा शुक्रबार बिहान भएको दुर्घटनामा थप एक जनाको ज्यान गएको छ ।
योसँगै दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार बिहान तीन बजेतिर मुग्लिनबाट नारायणगढतर्फ आइरहेको माइक्रो बस र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किँदा माइक्रोमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, माइक्रो बसका चालक, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको ज्यान गएको छ ।
दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको भरतपुर अस्पताल र तीन जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिकृया दिनुहोस