• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

चितवनको भरतपुरमा माइक्रोबस र बस ठोक्किँदा चार जनाको ज्यान गयो 

सनराइज खबर संवाददाता

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ सत्र किलोमा शुक्रबार बिहान माइक्रोबस र बस ठोक्किँदा चार जनाको ज्यान गएको छ । 

घटना बिहान तीन बजे तिर भएको हो । दुर्घटनामा घाइते भएकामध्ये थप दुई जनाको अवस्था गम्भीर रहेको चितवन जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बाप्र ०६–००१ज ०२९८ नम्बरको विद्युतीय माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बाप्र ३–००१ ख २८१२ नम्बरको बस एक आपसमा ठोक्किएका प्रहरीले जनाएको छ । 

दुर्घटनामा गोरखा आरुघाट गाउँपालिका–१ मान्बुका राजबहादुर गुरुङका साथै चितवन मेडिकल कलेज भरतपुर शिक्षण अस्पतालमा उपचाररत ४० वर्षीय महिला, तथा अन्दाजी ३२ वर्षका र ३५ वर्षका पुरुषको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । 

ज्यान गुमाउने र गम्भीर घाइते हुने सबै माइक्रोबसका यात्रु रहेका प्रहरीले जाएको छ ।

प्रतिकृया दिनुहोस