सप्तरीमा त्रियुगा नदीमा डुबेर दुई बालिकाको ज्यान गयो, एक बेपत्ता
काठमाडौं । सप्तरीको कञ्चनरुप नगरपालिका–४ स्थित त्रियुगा नदीमा डुबेर आइतबार दुई बालिकाको ज्यान गएको छ ।
नदीले बगाउँदा अर्का एकजना बेपत्ता भएका छन् ।
नदीमा डुबेर स्थानीय श्रवण महतोकी नौ वर्षीया छोरी प्रतिभा महतो र सुरेश सदाकी आठ वर्षीया छोरी जितनी सदाको नदीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
कञ्चनरुप नगरपालिका–४ जगतपुरस्थित धनकुटामा रहेको त्रियुगा नदीमा नुहाउने क्रममा तीन बालिका डुबे थिए । नदीमा डुबेकी आठ वर्षीया काजल खंग अझै बेपत्ता छिन् । बेपत्ता बालिकाको खोजीकार्य जारी छ ।


प्रतिकृया दिनुहोस