• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको ज्यान गयो 

सनराइज खबर संवाददाता

काठमाडौं । कैलालीमा मोटरसाइकलको ठक्करबाट एकजना पैदल यात्रीको ज्यान गएको छ । 

घोडाघोडी नगरपालिका–१० को पहमानपुरमा सुपप्र ०१०११ प ४६४३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका ५४ वर्षीय डम्मरा वलीको ज्यान गएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते ओलीको उपचारका क्रममा निसर्ग अस्पतालमा ज्यान गएको हो । मोटरसाइकल र चालक २५ वर्षीय हेमन्त सापकोटालाई प्रहरीले नियन्त्रण लिइएको छ ।

मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

 

प्रतिकृया दिनुहोस