• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

ट्रकको ठक्करबाट गोंगबुमा एकको निधन 

सनराइज खबर संवाददाता

काठमाडौं । गोंगबुमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकजनाको निधन भएको छ । 

ना६ख ७८५८ नम्बरको मालबाहक ट्रकले भे४प ४५३९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक सुशान्त बाँस्तोलाको निधन भएको हो । 

टोखा नगरपालिका–९ स्थित दिपज्योती सडक खण्डमा तार्केश्वर नगरपालिका बस्ने ३० वर्षिय सुशान्तको घट्नास्थलमै निधन भएको महाराजगञ्जका डीएसपी उमेश लम्सालले जानकारी दिए । 

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले ट्रक चालक सोमबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ ।
 

प्रतिकृया दिनुहोस