• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

रामेछापको गुप्तेश्वरमा बस दुर्घटना, दुईजना घाइते 

सनराइज खबर संवाददाता

काठमाडौं । रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरामा शनिबार बिहान बस दुर्घटनामा परी दुई जना घाइते भएका छन् । 

शनिबार बिहान ४ः३० बजे तिर काठमाडौं जान लागेको स्टार्ट गरेर राखेको पूर्व अरनिको यातायातको बा ५ ख २८६ नम्बरको बस ओट नाघेर ब्याक हुँदा दुर्घटनामा परेको पूर्वी अरनिको यातायात सेवा प्रालि रामेछापका प्रमुख सुवास फुयाँलले जानकारी दिनुभयो । 

बस सडकबाट करिब २ सय मिटर तल खसेको स्थानीय मणिराज सुनुवारले जानकारी दिनुभयो । 

दुर्घटनामा परी बसका सहचालक रामेछापको लिखु तामाकोसी गाउँपालिका–१ केवल  सुनुवार र बसमा रहेकी यात्रु उमाकुण्ड गाउँपालिका– गुप्तेश्वरकी फूलकुमारी सुनुवार  घाइते हुनुभएको छ । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरिएको छ । उनीहरूलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ । 

प्रतिकृया दिनुहोस