पुलबाट खस्यो ट्रक, चालक गम्भीर घाइते
चितवन । चामल बाेकेकाे ट्रक नारायणगढ-मुग्लिन सडककाे दुई नम्बर पुलबाट खस्दा चालक गम्भीर घाइते भएका छन् ।
लु१ख ६३४८ नम्बरको ट्रक अाइतबार बिहान चितवनकाे इच्छाकामना गाउँपालिका–५ स्थित साे पुलबाट तल खोल्सामा खसेकाे हाे । दुर्घटनामा परी चालक शेरबहादुर गुरुङ गम्भीर घाइते भएका हुन् । गुरुङको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
टायर पन्चर भएर ट्रक पुलबाट खसेकाे इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएकाे छ । दुर्घटनाबारे अनुसन्धान थालिएकाे प्रहरीले जनाएकाे छ ।


प्रतिकृया दिनुहोस