सल्यानमा मिनी ट्रक दुर्घटना, ३ जनाकाे ज्यान गयाे
काठमाडाैं । सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा ३ जनाको ज्यान गएकाे छ ।
कपुरकोट गाउँपालिका-६ सिनबांगको दुबेदेबाट धान र पराल लिएर सिनबांग जाँदै गरेको रा १ ख २४०२ नम्बरकाे मिनी ट्रक सोमबार साँझ दुर्घटना हुँदा ३ जनाको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।
ज्यान गुमार्ने १४ वर्षीय गोबर्द्धन खडका, १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी र वर्ष १५ वर्षीया सिर्जना बस्नेत छन् ।
दुर्घटनामा १३ वर्षीया खुमा बस्नेत, १३ वर्षीया सिर्जना बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत, १७ वर्षीय जीत सागर बस्नेत, १७ वर्षीय सञ्जीव बस्नेत, २९ वर्षीय शंकर खडका, ३५ वर्षीय देवबहादुर बस्नेत, २२ वर्षीय हिक्मत थापा र गाडी चालक २४ वर्षीय मानबहादुर भण्डारी घाइते भएका छन् ।
घाइतेहरुकाे स्थानीय अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ । गम्भीर घाइते भएकाहरुलाई रिफर गर्न लागिएकाे पनि प्रहरीले जनाएकाे छ ।


प्रतिकृया दिनुहोस