चार जनाको ज्यान जाने गरी भएकाे डडेल्धुरा बस दुर्घटना चालक निदाएर भएकाे प्रहरीकाे अनुमान
काठमाडौं । डडेल्धुरामा चार जनाकाे ज्यान जाने गरी भएकाे बस दुर्घटना चालक निदाउँदा भएकाे प्रहरीले प्रारम्भिक अनुमान गरेकाे छ।
महेन्द्रनगरबाट बैतडी जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको रात्रीबस डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटनामा पर्दा चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।
दुर्घटनामा परी पुर्चौडी नगरपालिका–३ का २२ वर्षीय सहदेव बोहरा, २० वर्षीय कमला बोहरा, उहाँका नाबालक छोरा र पुर्चौडी नगरपालिका–३ का ४५ वर्षीय जयमती बोहराको ज्यान गएको छ ।
दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइते हुनेमा पुचौर्डी नगरपालिका–७ का २४ वर्षीय नवराज साउद, वडा नं ६ का २४ वर्षीय राजेन्द्र साउद, वडा नं ८ का ४२ वर्षीय पदम बोहरा, २४ वर्षीय बस चालक वीरेन्द्र बोहरा, वडा नं ७ का २८ वर्षीय नवराज रतौकी, २० वर्षीय सुरेन्द्र रतौकी, पुर्चौडी नगरपालिकाकै वडा नं १० का दामोदर महरा, धनबहादुर महरा, कृष्णपुर नगरपालिका–४ का २५ वर्षीय दिनेश साउद, वडा नं। ५ की ६५ वर्षीय धनमती साउद, डडेल्धुरा आलिताल गाउँपालिका–१ का २१ वर्षीय मुकुन्द बोहरा रहेका छन् ।
घाइतेहरूको डडेल्धुरा जिल्ला अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिकृया दिनुहोस