• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

डडेल्धुरामा बस दुर्घटना हुँदा ४ जनाको ज्यान गयाे, १२ जना घाइते

खबर स‌ंवाददाता

डडेल्धुरा । डडेल्धुराकाे अमरगढी नगरपालिकामा बस दुर्घटना हुँदा ४ जनाको ज्यान गएकाे छ ।

महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको ना ८ ख १०७८ नम्बरको बस बुधबार राति अमरगढी-७ खस्रेखानमा दुर्घटना हुँदा ४ जनाकाे घटनास्थलमै ज्यान गएकाे  जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएकाे छ ।

ज्यान गुमाउनेमा बैतडीको पुर्चौंडी-३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी २० वर्षीया कमला बोहरा र उनका नाबालक छोरा तथा सोही ठाउँका २२ वर्षीय सहदेव बोहरा छन् ।

दुर्घटनामा परी १२ जना घाइते भएका छन् । घाइतेमध्ये बसचालक वीरेन्द्र बोहराकाे अवस्था गम्भीर छ । उनलाई उपचारका लागि धनगढी पठाइएको र अन्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

चालक निदाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । यद्यपि यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस