• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

काठमाडौंबाट रामेछाप जाँदै गरेको बस दोलखामा दुर्घटना, एक जनाको ज्यान गयो 

सनराइज खबर संवाददाता

काठमाडौं । काठमाडौंबाट रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वर तर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–००६ ख ४८४३  नम्बरको बस बिहीबार दोलखाको भीमेश्वर नगरपालिका–८ बोचको चरङ्गेमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य आठ जना घाइते भएका छन् ।  

दुर्घटनामा  परी रामेछापको उमाकुण्ड गाउँपालिका – ६ का २२ वर्षीय वर्षीय लोक बहादुर श्रेष्ठको  ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते २५ वर्षीय धनबहादुर खड्कालाई प्राथमिक उपचारपछि काठमाडौं पठाइएको छ । तीव्र गतिको कारण बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

यसै बिच बिहीबार नै काठमाडौंबाट दोलखाको शैलुङ जाँदै गरेको जिप शैलुङ गाउँपालिका–२ मा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । प्रदेश ०१–२७ च २७५१ नम्बरको योद्धा जिप अनियन्त्रित भएर सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

 

प्रतिकृया दिनुहोस