• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको बस दोलखाको बोचमा दुर्घटना, १५ घाइते 

सनराइज खबर संवाददाता

काठमाडौं । काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको बस दोलखाको बोचमा दुर्घटनामा परेको छ । 

दोलखा भीमेश्वर नगरपालिका–८ स्थित चरिकोट–लामाेसाँघु सडक खण्डमा बस दुर्घटना भएको हो । काठमाडौँबाट ओखलढुङ्गाको गाम्नाङटार जाँदै गरेको बा.प्र.३–०१–००६ ख.०६३५ नम्बरको पूर्वी अरनिको यातायात प्रालिको बस दुर्घटनामा परेको हो । बस ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

प्रहरीका अनुसार बसमा सवार ३५ जना मध्ये १५ जना घाइते भएका छन् । घाइते १० जनाको जनाको च्छोरोल्पा अस्पताल चरिकोट र पाँच जनाको सामुदायिक अस्पताल चरिकोटमा उपचार भइरहेको छ । 

(तस्बिर : हरि ढकाल)

 

प्रतिकृया दिनुहोस