सिन्धुलीमा बस दुर्घटना, दुई जनाकाे घटनास्थमलै ज्यान गयाे
काठमाडाैं । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-५ मा बस दुर्घटना हुँदा दुई जनाकाे ज्यान गएकाे छ ।
काठमाडौंबाट भोजपुरतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस साेमबार दिउँसाे हरिहरपुरगढी-५ मा दुर्घटना हुँदा दुई जनाकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएकाे छ ।
उनीहरुको घटनास्थलमै ज्यान गएकाे हाे । दुर्घटनामा १५ जना घाइते भएका प्रहरीले जनाएकाे छ । यसबारे थप विवरण आउन बाँकी छ ।


प्रतिकृया दिनुहोस