• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

झ्याप्ले खोला पहिरोमा परी ज्यान गुमाएका ३५ जनाकै सनाखत

खबर स‌ंवाददाता

काठमाडौं । धादिङको धुनीबेशी नगरपालिका-९ स्थित झ्याप्ले खोलामा गएकाे पहिराेमा पुरिएर ज्यान गुमाउने ३५ जनाकै सनाखत भएकाे छ ।

गत शुक्रबार झ्याप्ले खोलाको पहिरोमा पुरिएर लु १ ज ४५७८ नम्बरको विंगर, बा २ ख १३४५ नम्बरको माइक्रो र ना ४ ख २२७० नम्बरको बसमा सवार ३५ जना यात्रुले ज्यान गुमाएका थिए । जिल्ला प्रहरी कार्यालय धादिङले उनीहरु सबैकाे सनाखत गरेकाे हाे ।

दिएको जानकारीअनुसार झ्याप्ले खोला पहिरोमा लु १ ज ४५७८ नम्बरको विंगर, बा २ ख १३४५ नम्बरको माइक्रो र ना ४ ख २२७० नम्बरको शवहरु पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

यी हुन् झ्याप्ले खोला पहिरोमा ज्यान गुमाउनेहरू :

१. प्रकाश कुँवर, बुटवल उपमहानगरपालिका-१६ बस्ने (३५ वर्ष)

२. अनुप तल ठकुरी कुँवर, बुटवल उपमहानगरपालिका-१६ बस्ने (३३ वर्ष)

३. सिर्जना कुँवर, बुटवल उपमहानगरपालिका-१६ बस्ने (२९ वर्ष)

४. रमेश प्रसाद लुइँटेल, रुपन्देहीको देवदह नगरपालिका-४ (५० वर्ष)

५. बोमबहादुर खाम्चा, अर्घाखाँची सि.न.पा-७ (२५ वर्ष)

६. सुमन बजगाईं, धादिङ धुनिवेशी नगरपालिका-९ बस्ने (३३ वर्ष)

७. सिता भट्टराई, स्याङ्जा गल्याङ नगरपालिका-३ बस्ने (४५ वर्ष)

८. दिपिक भट्टराई, स्याङ्जा गल्याङ नगरपालिका-३ बस्ने (१४ वर्ष)

९. दिपेश भट्टराई, स्याङ्जा गल्याङ नगरपालिका-३ बस्ने (१४ वर्ष)

१०. जुद्धबहादुर रायमाझी, गुल्मी दरबार गाउँपालिका-७ बस्ने (३२ वर्ष)

११. प्रमिता भुषाल, गुल्मी दरबार गाउँपालिका-७ बस्ने (३१ वर्ष)

१२. कृशव रायमाझी, गुल्मी दरबार गाउँपालिका-७ बस्ने (२ वर्ष)

१३. साइमन तामाङ, नुवाकोट सामरी-५ बस्ने (२१ वर्ष)

१४. पुष्पा शर्मा, पर्वत कुश्मा नगरपालिका-२ बस्ने (३१ वर्ष)

१५. नवराज पन्त, गोरखा बारपाक सुलिकोट-७ (२८ वर्ष)

१६. तेजबहादुर विष्ट, रुकुम पश्चिम मुसिकोट-१५ (३९ वर्ष)

१७. नवराज तिवारी, गोरखा गण्डकी गाउँपालिका-४ (४० वर्ष)

१८. नवीन सिंह, बझाङ जयपृथ्वी नगरपालिका-१ (२३ वर्ष)

१९. अनिता थापामगर, चितवन भरतपुर नगरपालिका-२१ (२१ वर्ष)

२०. सन्तु विक, मकवानपुर मनहरी-९ (३३ वर्ष)

२१. आनन्द राजवंशी, काठमाडौँ महानगरपालिका-१६ (४८ वर्ष)

२२. सिद्धार्थ गुरुङ, चितवन खैरहनी नगरपालिका-३ (१९ वर्ष)

२३. जनक कुँवर, तनहुँ भानु नगरपालिका-३ (२६ वर्ष)

२४. मोहनदास आचार्य, चितवन भरतपुर-९ (५३ वर्ष)

२५. नरेन्द्र खत्री, चन्द्रागिरी नगरपालिका-१ (५६ वर्ष)

२६. मदन परियार दमै, गोरखा भिमसेन गाउँपालिका-४ (४७ वर्ष)

२७. विनायक भट्टराई, गोरखा भिमसेन गाउँपालिका-४ (१५ वर्ष)

२८. सुके दमै, गोरखा धोर्चे गाउँपालिका-७ (२७ वर्ष)

२९. इन्द्रजित राना, बागलुङ बडिगार्ड गाउँपालिका-२ (५२ वर्ष)

३०. भिमकुमारी राना, बागलुङ बडिगार्ड गाउँपालिका-२ (४० वर्ष)

३१. हरिबहादुर बुढा, जुम्ला सिजा गाउँपालिका-६ (३९ वर्ष)

३२. लिलामाया तामाङ, धादिङ ज्वालामुखी गाउँपालिका-२ (२६ वर्ष)

३३. वसन्त शाह, सर्लाही चक्रघट्ट गाउँपालिका-६ (१७ वर्ष)

३४. नन्दप्रसाद किशोर चौधरी, सप्तरी सप्तकोसी नगरपालिका–७ (२८ वर्ष)

३५. लेखनाथ ओझा, तनहुँ ब्यास नगरपालिका-५ (३४ वर्ष)

प्रतिकृया दिनुहोस