• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

झ्याप्ले खोला पहिरो : थप ५ वटा शव भेटिए, ज्यान गुमाउने ३५ पुगे

खबर स‌ंवाददाता

काठमाडौं । धादिङको धुनीबेशी नगरपालिका-९ स्थित झ्याप्लेखोलामा पहिरोमा पुरिएर ज्यान गुमाउनेकाे संख्या ३५ पुगेकाे छ ।

पहिराेमा पुरिएका ३ वटा गाडीबाट अहिलेसम्म ३५ जनाकाे शव निकालिएकाे प्रहरीले जनाएकाे छ । शनिबार साँझ झ्याप्ले खोलामा पहिरोले गाडी पुरिएको देखिएपछि उत्खनन् थालिएकाेमा १४ वटा शव निकालिएकाे थियाे । ती सबै शव बुटवलबाट काठमाडौंका लागि छुटेको लु१ख ४५७८ नम्बरको विंगरका यात्रुका थिए ।

आइतबार थप २ वटा गाडीबाट २१ जनाको शव निकालिएको प्रहरीले जनाएकाे छ । नारायणघाटबाट काठमाडौं आउँदै गरेको ना २ ख १३४५ नम्बरको माइक्रोबसबाट १६ वटा र गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको बसबाट ५ जना शव निकालिएको प्रहरीले जनाएकाे छ ।

निकालिएका सबै शव काठमाडाैंकाे महराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइँदैछ ।

 

प्रतिकृया दिनुहोस