झ्याप्लेखोला पहिराे : अहिलेसम्म ३० वटा शव फेला, केहीकाे सनाखत
काठमाडाैं । पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले पुरिएका ३० जनाको शव निकालिएको छ ।
शुक्रबार राति झ्याप्ले खोलामा गएको पहिरोमा गाडी पुरिँदा बेपत्ता भएकामध्ये ३० जनाकाे शव निकालिएकाे सशस्त्र प्रहरी बल नेपालले जनाएकाे छ । शनिबार १४ जनाको शव निकालिएकोमा आइतबार अहिलेसम्म १६ जनाको शव निकालिएको हो ।
साे पहिरोमा बुटवलबाट आएको विंगर, गोरखाबाट आएको बस र चितवनबाट आएको माइक्रो बस परेको पुष्टि भएको छ । बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ज ४५७८ नम्बरको विंगर जिपमा सवार केहीकाे परिचय खुलेकाे छ । १५ वर्षीय दिपेश र दिपिका भट्टराई, सिता भट्टराई, गुल्मीको चारपालाका विरबहादुर रायमाझी, प्रमिला रायमाझी र क्रिस रायमाझी लगायतकाे परिचय खुलेकाे प्रहरीले जनाएकाे छ ।
घटनास्थलमा उत्खनन जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको प्रहरीले जनाएकाे छ ।


प्रतिकृया दिनुहोस