बाढी पहिरोमा परी ज्यान गुमाउनेकाे संख्या १ सय पुग्याे, ६७ जना बेपत्ता
काठमाडाैं । वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट देशभर १ सय जनाको ज्यान गएकाे छ ।
विपद्मा परी काठमाडाैं उपत्यकासहित देशभर अहिलेसम्म १ सय जनाकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ । बाढी पहिरोमा परी काठमाडाैंमा १२, ललितपुरमा २०, भक्तपुरमा ५, धादिङमा १५, काभ्रेमा १०, मकवानपुरमा ७, सिन्धुपाल्चोक ६ जना र सोलुखुम्बुमा ५ जनाले ज्यान गुमाएका छन् ।
पाँचथरमा ५, दोलखामा ३, सिन्धुलीमा २, धनकुटामा २, महोत्तरीमा २, रामेछापमा १, झापामा १, उदयपुरमा १, इलाममा १, सप्तरीमा १ र नुवाकोटमा १ जनाको ज्यान गएकाे छ ।
विपद्मा परी अहिलेसम्म ६७ जना बेपत्ता भएका छन् । १ सय जना घाइते भएका छन् ।


प्रतिकृया दिनुहोस