बाढी, पहिरोबाट ज्यान गुमाउनेको सङ्ख्या ८७ पुग्यो, ७२ जना बेपत्ता
काठमाडौं । भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट शनिबार बेलुका ८ः३० बजेसम्म ८७ जनाले ज्यान गुमाइसकेका छन् । घटनामा परी अन्य ७२ जना बेपत्ता छन् ।
सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेका अनुसार घटनमा परी ३६ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार काठमाडौँ उपत्यकामा मात्रै बाढी, पहिरो र डुबानबाट ४८ जनाको ज्यान गएको छ । जस अनुसार काठमाडौँमा २५, ललितपुरमा १८ र भक्तपुरमा पाँच जनाको ज्यान गएको छ ।
त्यसै गरी काभ्रेमा १४ जना, मकवानपुरमा सातजना, पाँचथरमा पाँचजना, सिन्धुपाल्चोकमा चारजना, दोलखामा तीनजना, रामेछापमा दुईजनासहित विभिन्न जिल्लामा ज्यान गुमाउनेको सङ्ख्या ७८ पुगेको हो ।
बेपत्ता हुनेमा कोशी प्रदेशमा नौ, मधेस प्रदेशमा एक, काठमाडौँ उपत्यकामा २१, वाग्मतीमा ३९ र लुम्बिनी प्रदेशमा दुई जना रहेका छन् । काभ्रेमा मात्र बाढी पहिरोमा परी २६ जना बेपत्ता छन् । त्यस्तै पाँचथरमा पाँच, झापामा चार, सिन्धुपाल्चोकमा पाँचसहित विभिन्न जिलबाट ७२ जना बेपत्ता भएका छन् ।


प्रतिकृया दिनुहोस