• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

रामेछापमा पहिरोले पुरेर एक महिलाको ज्यान गयो 

सनराइज खबर संवाददाता

रामेछाप । रामेछापको रामेछाप नगरपालिका–६ ओख्रेनीमा पहिरोले पुरेर एक महिलाको ज्यान गएको छ । 

गोठ माथिबाट पहिरो आएपछि बाख्रा बस्तु फुकाउन गोठमा गएको बेला पहिरो खस्दा ५१ वर्षीया धनमाया मगरको ज्यान गएको वडाध्यक्ष राजेश तामाङले जानकारी दिनुभयो । 

गोठ भित्र भैँसी र बाख्रा फुकाउँदै गर्दा माथिबाट पहिरो आएर गाेठ बगाउँदै मगरको ज्यान गएको हो । मगरको गाठमा रहेको एउटा भैँसी र ११ वटा बाख्र पनि पहिरोले पुरेको छ । 

प्रतिकृया दिनुहोस