• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

बाढी, पहिराे र डुबानमा परी ६६ जनाको ज्यान गयाे, ७९ जना बेपत्ता

खबर स‌ंवाददाता

काठमाडाैं । तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर देशभर ६६ जनाको ज्यान गएकाे छ ।

शनिबार साँझ ५ बजेसम्ममा देशभर गरेर ६६ जनाको ज्यान गएकाे सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले जनाएकाे छ ।

हालम्म विपद्‍मा परेर ३५ जना घाइते भएका सशस्त्र प्रहरीका प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार उपत्यकामा मात्रै ३४ जनाको ज्यान गएकाे छ । काठमाडौंमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको ज्यान गएकाे हाे ।  पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २,  सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनाको ज्यान गएको छ ।

देशभर ७९ जना बेपत्ता भएका छन् । ललितपुरमा १५, काभ्रेमा २६, काठमाडौंमा ६, मकवानपुरमा ७, दोलखामा ३, झापामा ४, पाँचथरमा ५, सिन्धुपाल्चोकमा ५ जना तथा अन्य जिल्लासहित गरेर ७९ जना बेपत्ता रहेका पनि उहाँले बताउनुभयो ।

अहिलेसम्म २ हजार बढीको उद्धार गरिएको छ । २ सय बढी घरमा क्षति भएको प्रहरीले जनाएकाे छ ।

बिहीबार रातिदेखि शनिबार अपरान्हसम्म परेकाे अविरल वर्षापछि आएकाे बाढी पहिराेले देशभरकाे जनजीवन प्रभावित छ । देशका मुख्य राजमार्गहरु पहिराेले अवरुद्ध छन् ।

- रासस

प्रतिकृया दिनुहोस