• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

बाढी पहिराेमा परी काठमाडाैं उपत्यकामा २१ जनाकाे ज्यान गयाे

खबर स‌ंवाददाता

काठमाडाैं । लगातारकाे वर्षापछि आएकाे बाढी पहिराे तथा डुबानमा परी काठमाडाैं उपत्यकासहित देशका विभिन्न ठाउँमा ३० जनाकाे ज्यान गएकाे छ ।

बाढीपहिरो तथा डुबानमा परी उपत्यकामा २१ जना र उपत्यका बाहिर ९ गरी ३० जनाकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ । काठमाडौंमा ९, ललितपुरमा ९, भक्तपुरमा ३, काभ्रेपलाञ्चोकमा ३ , पाँचथर र धनकुटामा २-२, झापा र धादिङमा १-१ जनाकाे ज्यान गएकाे हाे ।

बाढी पहिराे तथा डुबानमा परी ११ जना बेपत्ता भएका प्रहरीले जनाएकाे छ । सशस्त्र प्रहरी बल नेपालले विपद् प्रतिकार्यका लागि १ हजार ९ सय ४७ जना सुरक्षाकर्मी परिचालन गरेको छ ।

सशस्त्रको टोलीले ७ सय ६० जनाको सकुशल उद्धार गरेको छ ।

प्रतिकृया दिनुहोस