• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

बाढी, पहिरो र डुबानमा परी कोशीमा ६ जनाको ज्यान गयो, आठ बढी बेपत्ता 

सनराइज खबर संवाददाता

काठमाडौँ । अविरल वर्षाको कारण आएको बाढी, पहिरो र डुबानबाट कोशी प्रदेशमा कम्तीमा ६ जनाले ज्यान गुमाइसकेका छन् । 

बाढी, पहिरो र डुबानमा परी अन्य आठजना बढी बेपत्ता छन् ।  पहिरोमा परी सबैभन्दा बढी पाँचथरमा तीन जनाको ज्यान गएको छ । त्यस्तै धनकुटा दुई जना र इलाममा एक जनाले ज्यान गुमाएका छन् । 

 बाढी पहिरोमा परी बेपत्ता हुनेमा पनि पाँचथरकै धेरै छन् । पाँचथरका चार जना बेपत्ता भएका छन् भने झापामा तीन जना र मोरङमा एक जना बेपत्ता भएका छन् । 

 

प्रतिकृया दिनुहोस