'साैना रुम' मा निसास्सिएर दम्पतिकाे निधन
ललितपुर । 'साैना बाथ' लिने क्रममा ललितपुरस्थित क्लबमा दम्पतिकाे निधन भएकाे छ ।
फिट एण्ड फाइन क्लबमा साैना बाथ गर्न गएका हस्तगर्वुजा मगर र उनकी श्रीमती नेत्रकुमारी मृत फेला परेकाे ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईले जानकारी दिए ।
म्याग्दी घर भएका हस्तगर्जुवा पूर्वमन्त्री थममाया थापाको स्वकीय सचिव थिए ।
बुधबार साँझ ६ बजे क्लबमा पुगेका उनीहरु साैना बाथका लागि छिरेका थिए । लामो समय ननिस्केपछि क्लब संचालकले ढोका फुटाइ भित्र जाँदा साे दम्पति अचेत अवस्थामा भेटिए । उनीहरुलाई पाटन अस्पताल पुर्याइएपनि डाक्टरले मृत घोषणा गरेका थिए ।
साैना रुममा अक्सिजनको कमी भएका कारण उनीहरुको निधन भएको हुनसक्ने भएको बताइएको छ । उनीहरुको शव पाटन अस्पतालमा राखिएको छ ।


प्रतिकृया दिनुहोस