जाजरकाेटमा पहिरोले घर पुरिँदा बेपत्ता भएका दम्पती मृत भेटिए
काठमाडाैं । जाजरकोटको बारेकोट गाउँपालिका-६ धुमामा पहिराेले घर पुर्दा बेपत्ता भएका दम्पत्ती मृत भेटिएका छन् ।
शनिबार राति खसेकाे पहिरोमा घरसँगै पुरिएर बेपत्ता भएका ४७ वर्षीय मानबहादुर चलाउने र उनकी ३८ वर्षीया श्रीमती प्रेमकुमारी आइतबार मृत अवस्थामा भेटिएका हुन् ।
दुवै जनाकाे शव निकालिएकाे जिल्ला प्रहरी कार्यालय जाजरकाेटले जनाएकाे छ । शनिबार राति पहिरोले उनीहरूको घर पुरेको थियो ।
पहिरोले घर पुरिँदा गम्भीर घाइते भएकी उनीहरुकी छोरी ११ वर्षीय सम्झनाकाे उद्धार गरिएकाे थियाे । उनलाई उपचारका लागि हेलिकाेप्टरमार्फत सुर्खेत लगिएकाे प्रहरीले जनाएकाे छ ।


प्रतिकृया दिनुहोस