• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

चेक कीर्ते गर्दै २० लाख ठग्‍ने सन्ताेष पक्राउ

सनराइज खबर संवाददाता

काठमाडौं । चेकमा उल्लेखित रकमलाई केरमेट गरी २० लाख ठग्‍ने सन्तोष घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।

भोजपुर खडानन्द गाउँपालिका–११ घर भएका ५६ वर्षिय सन्ताेष ताहाचल सामुदायिक आवास व्यवस्थापन समाजमा सचिव पदमा कार्यरत थिए । उनले साेही कार्यालयले गत पुस ९ मा जारी गरेकाे चेकमा अंक र अक्षर परिवर्तन गर्दै उल्लेख गरिएभन्दा २० लाख बढी पैसा बैंकबाट निकालेका थिए ।

चेक कीर्ते गरी फरार रहेका घिमिरेलाई महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटेको टाेलीले बुधबार बल्खुबाट पक्राउ गरेकाे हाे । 

घिमिरेको कोठाबाट प्रहरीले १८ लाख नगदसमेत बरामद गरेको छ ।

 

प्रतिकृया दिनुहोस