बागलुङको बान्द्रे खोलामा आएको बाढीले बगाएका तीनै जनाको शव फेला
काठमाडौं । बागलुङको बान्द्रे खोलामा आएको बाढीले बगाएका तीनै जनाको शव फेला परेको छ ।
खोलाले बगाएर बेपत्ता भएका बागलुङ नगरपालिका –४ बान्द्रे अढाईथरका २० वर्षीय कमल सापकोटाको शव फेला परेपछि मृतकको सङ्ख्या तीन पुगेको हो ।
सापकोटाको शव घटनास्थलभन्दा ५ सय मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बिहीबार राती १२ बजे आएको बाढीले सोही वडाको कुँडुलेबाट मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटर बगाएको थियो ।
मोटरसाइकल र स्कुटर बगाउँदा मृत्यु भएका बान्द्रे अढाई थरका २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अविशेक रेग्मीको शव राति नै घटनास्थलबाट २ सय मिटर तल फेला परेको थियो । मृतकको शव पोष्टमार्टमका लागि धौलागिरि अस्पताल लगिएको छ ।


प्रतिकृया दिनुहोस