• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

अर्घाखाँचीमा खोलाले बगाउँदा दुई युवाको ज्यान गयो 

सनराइज खबर संवाददाता

काठमाडौं । अर्घाखाँचीको शितगंगा नगरपालिका–१३ सिमलपानीको छहरामा खोलाले बगाउँदा दुई युवाको ज्यान गएको छ । 

फोटो खिच्ने क्रममा खोलामा बाढी आउँदा उनीहरूलाई बगाएको हो । बाढीले बगाएर कपिलवस्तुको बाणगंगा–२ का २३ वर्षीय किशोर रास्कोटी २९ वर्षीय उमेश पौडेल बेपत्ता भएकामा खोजीको क्रममा उनीहरूको शव फेला परेको छ । 

मंगलबार दिउँसो घुम्न निस्किएका चार जना झरनामा फोटो खिचाउन पुगेका थिए । झरनाले चारै जनालाई बगाएको भए पनि दुई जना भने बाँच्न सफल भएका छन् । पौडेलको शव ५ सय मिटर र रास्कोटीको एक किलोमिटर तल भेटिएको प्रहरीले जनाएको छ । 

 

प्रतिकृया दिनुहोस