मुग्लिन–नारायणगढ सडकखण्डमा बस र ट्रक ठोक्किए
काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक एक आपसमा ठोक्किएका छन् ।
आइतबार बिहान नारायणगढतर्फ गइरहेको एआर ०१–३६७४ नम्बरको भारतीय यात्रुवाहक बस र मुग्लिनबाट जाँदै गरेको ग २ ख ११०८ नम्बरको ट्रक ठोक्किएका हुन् ।
दुर्घटनामा ट्रक चालकसहित केही यात्रुहरू घाइते भएको मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिनुभयो । घाइतेलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको छ । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।


प्रतिकृया दिनुहोस