• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

बनाउँदै गरेको घरको सेफ्टी ट्याङ्कीमा निसासिएर तीनजनाको ज्यान गयो 

सनराइज खबर संवाददाता

 काठमाडौं । नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी–त्रिवेणी गाउँपालिका–७ रानीनगरमा एउटा घरको बनाउँदै गरेको सेफ्टी ट्याङ्कीमा निसासिएर तीन जना कामदारको ज्यान गएको छ । 

स्थानीय भोला सिंह क्षेत्रीको निर्माणाधीन घरको ट्वाइलेटको सेफ्टी ट्याङ्कीभित्र काम गर्ने क्रममा बेहोस भएका तीनजनाको उपचारको क्रममा शुक्रबार ज्यान गएको हो । सेफ्टी टङ्कीभित्र तीनजना बेहोस भई लडिरहेको अवस्थामा उद्धार गरी उपचारको लागि भैरहवा मेडिकल कलेज रुपन्देही पठाएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । 

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का अनुसारका विनयी–त्रिवेणी गाउँपालिका–७ का ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, १९ वर्षीय गणेश बोगटी र २८ वर्षीय मोहम्मद राजाको बेहोस अवस्थामा उद्धार गरी गरिएको थियो । 

मृतकमध्ये दुईजनाको शव भीम अस्पताल भैरहवा रुपन्देहीमा र एक जनाको शव पृथ्वीचन्द्र जिल्ला अस्पताल नवलपरासी पश्चिममा रहेको प्रहरीले जनाएको छ । 

 

प्रतिकृया दिनुहोस