सिन्धुलीमा चट्याङ लागेर एकजनाको ज्यान गयो
काठमाडौं । सिन्धुलीमा चट्याङ लाग्दा एक महिलाको ज्यान गएको छ ।
सोमबार हरिहरपुरगढी गाउँपालिका–३ माढीमा चट्याङ लाग्दा हरिहरपुरगढी गाउँपालिका–१ शिखर घर भएकी ४० वर्षीया छलिमाया थिङको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार खेतमा धान गोड्दै गरेको अवस्थामा चट्याङ लाग्दा उहाँको घटनास्थलमा नै ज्यान गएको हो ।
चट्याङ लाग्दा दुई जना महिला घाइते भएका छन् । घाइते हुनेहरूमा हरिहरपुरगढी गाउँपालिका–१ शिखर घर भएकी ४० वर्षीया लुकुमाया रुम्बा र उहाँकी १८ वर्षीया छोरी सुशीला रुम्बा रहेका छन् ।


प्रतिकृया दिनुहोस