रौतहटमा जीप र मोटरसाइकल ठोक्किए, दुई जनाले ज्यान गुमाए
काठमाडाैं । रौतहटमा जीप र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।
चन्द्रपुर नगरपालिका-४ स्थित पूर्व-पश्चिम राजमार्गको धन्सार पुल नजिकै साेमबार जीप र मोटरसाइकल एकआपसमा ठाेक्किँदा दुई जनाकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएकाे छ ।
ज्यान गुमाउनेमा मोटरसाइकलमा सवार सुनसरीको धरान उपमहानगरपालिका-१५ का तुलसी ओझा र मोरङको सुन्दरहरैचा नगरपालिका-११ का विवश बास्कोटा छन् ।
दुर्घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।


प्रतिकृया दिनुहोस