• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

रौतहटको चन्द्रनिगाहपुरमा सुमोको ठक्करबाट मोटरसाइकलमा सबार दुईजनाको ज्यान गयो 

सनराइज खबर संवाददाता

काठमाडौं । पूर्वपश्चिम राजमार्गसँग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा  सुमोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ । 

सोमबार दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ च ५३१ नम्बरको टाटा सुमो र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४३ प ८०२५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको ज्यान गएको हो । 

ज्यान गुमाउनेमा मोटरसाइकलमा सवार सुनसरी धरान उपमहानगरपालिका–१५ का ३३ वर्षीय तुलसी ओझा र मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका–११ का विवश सापकोटा रहेका इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । ठक्करबाट गम्भीर घाइते दुवैजनालाई उपचारको लागि स्थानीय सिभिल अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेका हुन् । 

ठक्कर दिने सुमोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै जनाको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुरमा पठाइएको छ ।  तीव्र गतिको कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । 

 

प्रतिकृया दिनुहोस