सिन्धुलीको सुनकोसीमा खसेको गाडी भेटियो, बेपत्ता तीनजना यात्रीको पत्ता लागेन
काठमाडौं । शनिबार साँझ सुनकोसी नदीमा खसेर बेपत्ता भएको गाडी फेला परेको छ ।
गडी आइतबार बिहानीपख सुरक्षाकर्मीले फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । खोटाङको हलेसीबाट भक्तपुर फर्कने क्रममा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेस्थित मध्यपहाडी लोकमार्गबाट गाडी सुनकोसी नदीमा खसेको थियो । प्रदेश ३–०१–०२३ च ६३६६ नम्बरको हाइलक्स गाडी दुर्घटनामा परेको हो ।
सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीमा फेला पारेको गाडी जेसीबीले तानेर किनारमा ल्याएको छ । गाडी निकालिएको भए पनि गाडीसँगै बेपत्ता भएको तीन जना यात्रीहरूको अवस्था भने अज्ञात छ ।
बेपत्ता हुनेहरूमा भक्तपुरको जगातीका ३२ वर्षीय अबिन बके, ३० वर्षीय प्रनित स्यागू र ३७ वर्षीय बलराम घटुवा रहेका छन् । उनीहरूको नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोर र स्थानीयले खोजी रहेका छन् ।
गाडीमा सवार चारजना मध्ये भक्तपुरको जगातीका २७ वर्षीय सुशान्त कक्षपती भने बचेका थिए ।


प्रतिकृया दिनुहोस