• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

आठ लाख घुस खाने गुठी संस्थानका कर्मचारी विरुद्ध मुद्दा

सनराइज खबर संवाददाता

काठमाडौं । गुठी संस्थान त्रिपुरेश्वरका प्रमुख प्रशासक नारायण चौधरी र उप–प्रशासक जयप्रसाद रेग्मी विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेकाे अभियाेगमा गत पुस १ मा उनीहरुलाई नियन्त्रणमा लिएको थियो । 

आयोगका अनुसार चाैधरी र रेग्मी मिलेर गुठीको जग्गा गुठीमा नै दर्ता गरी दिने भन्दै सेवाग्राहीसँग आठ लाख घुस लिएका थिए ।

आयोगले उनीहरु विरुद्ध ५ देखि १० लाखसम्म जरिवाना र डेढ देखि साढे दुई वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दायर गरेकाे हाे ।

यस्तै विशिष्ट पदमा भएकाले प्रमुख प्रशासक चौधरीलाई भने थप तीन वर्ष कैद माग गरिएकाे छ।

प्रतिकृया दिनुहोस