• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

जाजरकोटको नलगाड माझगाउँमा पहिरो : एकै परिवारका तीनजनाको ज्यान गयो 

सनराइज खबर संवाददाता

काठमाडौं । जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा सोमबार बिहान गएको पहिरोमा परी एकाघरका तीनजनाको ज्यान गएको छ । 

ज्यान गुमाउनेमा नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनीषा परियार, उहाँका दुई वर्षीय छोरा शिभम परियार रहेका छन् ।

जाजरकोटमा गएको भूकम्पले घर भत्किएपछि उनीहरू अस्थायी टहरोमा बस्दै आएको थिए । सोही टहरोलाई पहिरोले पुर्दा उनीहरूको ज्यान गएको हो ।  

 

प्रतिकृया दिनुहोस