• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

रोल्पामा पहिरोले पुरिएर एकजनाको ज्यान गयो, दुई घाइते 

सनराइज खबर संवाददाता

काठमाडौं । रोल्पामा पहिरोले पुरिएर एकजनाको ज्यान गएको छ । 

रोल्पा नगरपालिका–२ मूलपानीमा निर्माणाधीन चर्चको टहरामा पहिरो खस्दा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

बेथेल मण्डली चर्चको टहरोमा आइतबार बिहान ४ः३० बजेतिर पहिरो खस्दा रोल्पा नगरपालिका–१० घर भई सोही चर्चमा बस्दै आएकी धनजिता बुढामगरको ज्यान गएको प्रहरीले जनाएको छ ।  

शनिबारको प्रार्थनाका लागि आएकाहरूमध्ये तीन जना सोही चर्चको टहरामा बास बसेका थिए । पहिरो खसेर दुई जना घाइते भएका छन् । 

घाइतेमध्ये गम्भीर एक जनालाई प्रादेशिक अस्पताल बुटवलमा रिफर गरिएको छ । अर्का एक घाइतेको भने जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस