सोलुखुम्बुको थामे खोलामा भीषण बाढी, हिम पोखरी फुटेको अनुमान
काठमाडौं । सोलुखुम्बुको थामे खोलामा भीषण बाढी आएको छ ।
शुक्रबार दिउँसो खोलामा अकस्मात् ठुलो बाढी आएको हो । हिम पोखरी फुटेर बाढी आएको हुनसक्ने अनुमान गरिएको छ ।
दूधकोसी नदीको सहायक खोलाका रूपमा रहेको सो खोलामा आए बाढीले खुम्बु पासाङल्हामू गाउँपालिका–५ थामे गाउँ नराम्रोसँग प्रभावित भएको छ । गाउँमा बाढी पसेर ठुलो क्षति पुर्याएको छ । बाढी पसेको थामे गाउँमा ४५ घरधुरी छन् ।
.jpg)
यसै बिच राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले थामे आसपासमा ठुलो बाढी आएकोले सोलुखुम्बुको जोरसल्लेदेखि तल दुधकोसीको तटिय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।


प्रतिकृया दिनुहोस