• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

खोटाङमा पहिरोले पुरिएर विद्यालय जाँदै गरेकी शिक्षिकाको ज्यान गयो 

सनराइज खबर संवाददाता

काठमाडौं ।  खोटाङमा पहिरोले पुरिएर विद्यालय जाँदै गरेकी एक शिक्षिकाको ज्यान गएको छ । 

बिहीबार बिहान विद्यालय जाँदै गरेका रावाबेँसी गाउँपालिका–३ लामिडाँडाकी ५७ वर्षीया शिक्षिका सावित्रादेवी नेवारको पहिरोले पुरिएर ज्यान गएको हो । विश्वज्योती मावि लामीडाँडामा कार्यरत शिक्षिका नेवारलाई स्कुल जाँदै गर्दा वडा कार्यालय नजिकै पहिरोले पुरेको थियो । 

सडकमा हिँडिरहेको बेला माथिबाट पहिरो खस्दा उहाँलाई पुरेको थियो । प्रहरी र स्थानीयले पहिरो खनेर मृत अवस्थामा शव निकालेका थिए । 

 

प्रतिकृया दिनुहोस