ट्रकको ठक्करबाट ट्राफिक प्रहरीको चेकमा परेकी स्कुटर चालक महिलाको ज्यान गएपछि तनाव
काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट एकजना महिलाको ज्यान गएपछि दिनभरि स्थिति तनावग्रस्त रह्यो ।
ना.६ ख २१७३ नम्बरको ट्रकले बा.४९ प ८९४४ नम्बरकी स्कुटर चालकलाई ठक्कर दिँदा चालकको घटना स्थलमा नै ज्यान गएको थियो । ट्राफिक प्रहरीले अव्यवस्थित तरिकाले स्कुटर रोकेर चेक गर्ने क्रममा ती महिलाको ज्यान गएको हो ।
ट्रकको चक्काले किचेको अवस्थामा प्रहरीले मृतकको शव निकालेको थियो । शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।
घटनापश्चात् स्थानीयले प्रदर्शन गरी प्रहरीलाई ढुङ्गा हानेका थिए । स्थिति नियन्त्रण लिन ठूलाे संख्यामा प्रहरी परिचालन गरिएको थियो ।


प्रतिकृया दिनुहोस