अन्सारीको घरमा भेटिएकाे प्रेसरकुकर बम निष्क्रीय (अपडेट)
काठमाडौं । नेशनल मेडिकल कलेजका निर्देशक बसरुद्दीन अन्सारीको वीरगञ्जस्थित घरअगाडि भेटिएको प्रेसर कुकर बम निष्क्रीय बनाइएको छ ।
बम निष्क्रीय पारिएको स्थानमा प्रेसरकुकर, डेटोनेटर र ब्याट्री लगायत भेटिएको चण्डी गणका सेनानी नरबहादुर बिष्टले जानकारी दिए ।
प्रेसरकुकर बम तीन जनाको समूहले राखेको सीसीटीभी फुटेजमा देखिएको छ । अन्सारीको घर नजिक रहेको डेसिमल कलेजको सीसीटीभी क्यामरामा सो गतिविधि कैद भएको थियो।
फुटेजमा देखिएअनुसार सो समूहले राति २ बजे बम राखेको देखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


प्रतिकृया दिनुहोस