• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

दाङको तुलसीपुरमा बेचनी खोलाले अटो रिक्सा बगाउँदा दुई जना बेपत्ता 

सनराइज खबर संवाददाता

काठमाडौं । दाङको घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत तुलसीपुरको बेचनी खोलामा आएको बाढीले अटोरिक्सा बगाउँदा दुईजना बेपत्ता भएका छन् । 

गए राति तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा ६ ह ४०५५ नम्बरको अटोरिक्सालाई  तुलसीपुर–४ स्थित बेचनी खोलाले बगाउँदा  उनीहरू बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा स्थानीय ५५ वर्षीया सीता आले र सुर्खेत घर भई सोही ठाउँ बस्ने १६ वर्षीया मञ्जु खड्का रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । बेपत्ताको खोजी कार्य जारी रहेको छ । 

दाङको घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत तुलसीपुरको कालाखोलाको बाढीले पनि गएराति तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको रा १ स २३५७ नम्बरको अटोरिक्सा बगाएको छ । रिक्सा चालक तुलसीपुर–७ प्रसेनीका २२ वर्षीय दुर्गा पुनको भने उद्धार गरिएको छ । 

 

प्रतिकृया दिनुहोस