• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

घाइते उद्दार गरिएका पाइलट मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था कस्ताे छ ?

सनराइज खबर संवाददाता

काठमाडाैं । त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाजका पाइलट मनिषरत्न शाक्यको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगलमा उपचार भइरहेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीका अनुसार जहाजका क्याप्टेन मनिषरत्न शाक्यको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ।

शाक्य अहिले बोल्न सक्ने अवस्थामा छन् । शाक्यको निधार र आँखामा गहिरो चोट लागेको छ। काठमाडौं मेडिकल कलेजले शाक्यको अवस्था अहिले खतरामुक्त रहेको जनाएको छ ।

सम्बन्धित समाचार:

दुर्घटनास्थलबाट १८ वटा शवहरू झिकेर पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

तस्वीर: नेपाल पुलिस

प्रतिकृया दिनुहोस