• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

जहाज दुर्घटनाको अवस्था बुझ्न प्रधानमन्त्री ओली दुर्घटनास्थलमा (भिडियाे)

सनराइज खबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको अवस्था बुझ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित दुर्घटनास्थल पुग्नुभएकाे छ । सौर्य एयरलाइन्सको जहान बुधबार बिहान ११ :११ बजेट दुर्घटना भएको थियो । पाइलटको घाइते अवस्थामा उद्धार भएको छ ।

घटना लगत्तै गृहमन्त्री रमेश लेखक, पर्यटनमन्त्री बद्री पाण्डेसहित उच्च अधिकारीहरू विमानस्थल पुग्नुभएकाे थियाे । उद्दार र विमान दुर्घटनाको अवस्थाबारे बुझ्न प्रधानमन्त्री ओली पनि पुग्नुभएकाे हाे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार (आज) भएको सौर्य एयरको विमान दुर्घटनाप्रति दुख व्यक्त समेत गर्नुभएकाे छ । 

सम्बन्धित समाचार:

सामाजिक सञ्जालमा प्रधानमन्त्रीले लेख्नुभएकाे छ- 'नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्र्यु मेम्बरको निधनले अत्यन्त दुःख लागेको छ । नागरिक उड्ययन प्राधिकरणका अधिकारीलाई भेटेर यसको कारण बुझ्न घटनास्थल आइपुगेको छु । अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ । यो दुःखद घडीमा सबैलाई धैर्य रहन अनुरोध गर्दछु ।'

१८ जनाको ज्यान गएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस