• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

दीपक मनाङे विरुद्ध उजुरी दिने मिलन गुरुङ पनि पक्राउ 

सनराइज खबर संवाददाता

काठमाडौं । गण्डकी प्रदेश सभाका सदस्य दीपक मनाङे भनिने राजिव गुरुङ विरुद्ध उजुरी दिने मिलन गुरुङ आफैं पक्राउ परेका छन् । 

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलनलाई शुक्रबार पोखराबाट पक्राउ गरिएको कास्कीका एसपी दानबहादुर कार्कीले जानकारी दिए । ठगी र बैंकिङ कसुरको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।

मिलनलाई गत मंगलबार सांसद् दिपक मनाङेले हातपात गरेका थिए । 

आफूमाथि हातपात गरेको मिलनको उजुरीका आधारमा प्रहरीले बिहीबार मनाङेलाई पक्रेर अभद्र व्यवहारको मुद्दा चलाएको थियो ।  
 

प्रतिकृया दिनुहोस