• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

सङ्खुवासभाको सिलिचोङमा पहिरोको ढुङ्गा खसेर लाग्दा दुईजनाको ज्यान गयो 

सनराइज खबर संवाददाता

काठमाडौं । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा मंगलबार बिहान पहिरोमा खसेको ढुङ्गाले लागेर एकै परिवारका दुईजनाको ज्यान गएको छ । 

घटनामा परी ५५ वर्षीया मोतीमाया राई र उहाँकी बुहारी २५ वर्षीया समीक्षा राईको ज्यान गएको हो । 

पहिरोको ढुङ्गाले किचेर २९ वर्षीया रविना राई गम्भीर घाइते हुनुभएको छ । घाइतेलाई उपचारको लागि हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको गाउँपालिका उपाध्यक्ष देविता कुलुङले जानकारी दिनुभयो । 

साउने सङ्क्रान्ति मनाउन गोठमा भेला भएको बेला गोठमाथिको पहिरोबाट आएको ढुङ्गाले लागेर उनीहरूको ज्यान गएको कुलुङले बताउनुभयो । 

 

प्रतिकृया दिनुहोस