चितवनमा पहिरोले बगाएका बसको खोजी जारी
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाएका बसको खोजी जारी रहेको छ ।
शुक्रबार बिहान ३ः३० बजे तिर नारायणगढ–मुग्लिन सडक खण्डको सिमतालमा पहिरोले दुई यात्रु बाहक बस बगाउँदा झण्डै ६५ जना यात्रु बेपत्ता छन् ।
भरतपुर महानगरपालिका–२९ सिमलतालनजिक खसेको पहिरोले वीरगञ्जबाट काठमाडौं आउँदै गरेको वाग्मती प्रदेश १५१६ नम्बरको एञ्जल डिलक्सको बस बगाएको छ । सो बसमा २४ जना बढी यात्रु भएको अनुमान गरिएको छ ।
त्यस्तै काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्सको बस पनि पहिरोले बगाएको छ । सो बसमा ४१ जना भन्दा बढी यात्रु रहेको अनुमान गरिएको छ ।
अहिले प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित सुरक्षाकर्मीको टोली घटनास्थलमा छ । उद्धारमा सशस्त्र प्रहरी बल नेपाल नं १७ गण चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट सातजना गोताखोर सहित २५ जना सुरक्षाकर्मी परिचालन भएका छन् ।


प्रतिकृया दिनुहोस