पहिरोको ढुङ्गाले लागेर बस चालकको ज्यान गयो
काठमाडौं । चितवनको १७ किलोमा सडक माथिबाट खसेको ढुङ्गा लागेर बस चालकको ज्यान गएको छ ।
बुटवलबाट काठमाडौं आउँदै गरेको लु २ ख ६५६६ नम्बरको गुडिरहेको बसमा पहिरोबाट आएको डुङ्गाले लागेर चालकको ज्यान गएको हो ।
ढुङ्गाले लागेर गम्भीर घाइते भएका चालक मेघनाथ विकको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस